दफा ११
अपराध गर्न दुरुत्साहन गर्ने र प्रयत्न गर्नेलाई दण्ड सजायँ

कुनै व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम अन्तर्गत निर्धारित हवाई सुरक्षा सम्बन्धी व्यवस्था तथा अन्य कुरा उल्लंघन गरी सजायँ हुने अपराध गर्न अरूलाई दुरुत्साहन गरेमा वा त्यस्तो अपराध गर्न प्रयत्न गरी अपराध हुने किसिमको कुनै कार्य गरेमा निजलाई सो अपराध गरे वापत हुने सरह कै दण्ड सजायँ हुनेछ ।